काठमाडौं – आज काठमाडौंका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। भूमिगत प्रसारण लाइनमा आवश्यक काम गर्नुपर्ने भएकाले बिहान ६:३० बजेबाट ११:०० बजेसम्म सेवा बन्द हुनेछ।
प्रभावित क्षेत्रहरू:
प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा विद्युत सेवा अवरुद्ध हुनेछ। विशेषगरी, महाबौद्ध फिडर अन्तर्गत पर्ने क्षेत्रमा लाइन काटिने छ। प्रभावित क्षेत्रहरू निम्न छन्:
- न्यूरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेशनभित्र, विशालबजार अगाडि
- गणेशस्थानदेखि ट्रमा सेन्टरसम्मको क्षेत्र
- रत्नपार्क बगैचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोड
- लैनचौर सवस्टेशनअन्तर्गत लैनचौर चोक, उपराष्ट्रपति कार्यालय, केशरमहल, दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौं प्लाजा, मेरियट होटल, नागपोखरी, नारायणचौर
कामका कारण:
प्राधिकरणले भूमिगत गरिएका प्रसारण लाइनहरूमा आवश्यक प्राविधिक काम गर्ने प्रयोजनका लागि विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ। साथै, वितरण ट्रान्सफर्मरको मर्मत तथा काम नलाग्ने पोलहरू हटाउने कार्यसमेत गरिनेछ।
प्राधिकरणले काठमाडौं उपत्यकाभित्र भूमिगत प्रसारण लाइनमार्फत बिजुली प्रवाहलाई थप सुदृढ बनाउन प्राविधिक तयारी गरिरहेको छ।