आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनेको छ। दिनभरि मात्र होइन, राति सुत्ने बेला पनि धेरैले मोबाइल चलाउने बानी बनाएका छन्। तर, रातिको समयमा मोबाइल प्रयोग गर्नु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। यसले सुत्ने समयको गुणस्तरदेखि लिएर आँखाको स्वास्थ्यसम्म नकारात्मक असर पुर्याउन सक्छ।
१. निद्रा बिग्रने समस्या
रातिको समयमा मोबाइल चलाउँदा नीलो प्रकाश ९द्यगिभ ीष्नजत० सिधै आँखामा पर्न जान्छ, जसले शरीरको मेलाटोनिन हर्मोनको उत्पादनमा अवरोध पुर्याउँछ। मेलाटोनिनले सुत्न मद्दत गर्ने हर्मोन हो, जसको उत्पादनमा रोकावट आउँदा निद्रामा समस्या हुन्छ। परिणामस्वरूप, रातिमा पर्याप्त निद्रा नपुग्दा थकान, तनाव, र शारीरिक कमजोरी जस्ता समस्या देखा पर्छन्।
२. आँखाको थकान र दृष्टि समस्या
मोबाइल स्क्रिनको निलो प्रकाशले आँखालाई धेरै थकित बनाउँछ। लामो समयसम्म राति मोबाइल हेर्दा आँखाको शुष्कता, जलन, र टाढाको दृष्टि धमिलो हुने समस्या निम्तिन सक्छ। यसले भविष्यमा आँखा सम्बन्धी गम्भीर समस्याहरू निम्त्याउन सक्छ।
३. मानसिक तनाव र चिन्ता
राति मोबाइल प्रयोग गर्दा विभिन्न समाचार, सामाजिक सञ्जाल, वा कामसँग सम्बन्धित जानकारीले मस्तिष्कलाई सक्रिय बनाइराख्छ। यसले मानसिक तनाव र चिन्ता बढाउन सक्छ, जसको कारणले मनस्थिति बिग्रने, अस्थिरता र बेचैनी हुन सक्छ।
४. वजन बढ्ने समस्या
राति मोबाइल चलाउँदा धेरै पटक मानिसले आवश्यकता भन्दा बढी समय बिताउँछन्, जसले शारीरिक क्रियाकलापमा कमी आउँछ। यसले शरीरको मेटाबोलिजम ९पाचन प्रक्रिया०लाई प्रभावित पार्छ र वजन बढ्न सक्छ। पर्याप्त निद्रा नपुग्दा शरीरको हर्मोनहरूमा असर पर्न जान्छ, जसले मोटोपनको सम्भावना बढाउँछ।
५. मानसिक स्वास्थ्यमा नकारात्मक असर
रातभरि मोबाइलमा समय बिताउँदा सामाजिक सञ्जाल र अन्य सामग्रीले नकारात्मक सोचलाई प्रवर्द्धन गर्न सक्छ। रातिको समयमा खासगरी एक्लोपन, तनाव, र नकारात्मक विचारको प्रभावले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
समाधान: राति मोबाइलको प्रयोगलाई सीमित गर्नु
राति सुत्नुभन्दा कम्तिमा एक घण्टा अघि मोबाइल फोनको प्रयोग बन्द गर्नुपर्छ। यदि प्रयोग गर्नैपर्ने अवस्था आएमा नीलो प्रकाशको असर कम गर्न नाइट मोड वा ब्लू लाइट फिल्टरको प्रयोग गर्नु उचित हुन्छ। नियमित निद्रा तालिका बनाएर, मोबाइलको प्रयोगलाई सीमित गर्दा स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ।