काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणका कारण डियरवाल्क ग्रुपले नेपालमा आईफोन आयात गर्न नपाएको आरोप लागेको छ। डियरवाल्कका सञ्चालक रुद्रराज पाण्डेले सामाजिक सञ्जालमा पोष्ट राख्दै यस्तो आरोप लगाएका हुन्। उनले कम्पनीको तर्फबाट प्राधिकारणलाई अनुमति दिनका लागि निवेदन दिइएको थियो तर अहिलेसम्म कुनै स्वीकृति नपाएकोउनले उल्लेख गरेका छन्।
एप्पल कम्पनीसँग आपूर्ति सम्झौता
पाण्डेका अनुसार, कम्पनीले अमेरिकामा रहेको एप्पल कम्पनीसँग आपूर्ति सम्झौता गरिसकेको थियो। साथै, यस सम्झौताअनुसार आईफोन नेपालमा आयात गर्ने तयारी गरिएको थियो। तर, प्राधिकरणले आयात अनुमतिका लागि सम्झौता गरेको कम्पनीलाई अस्वीकार गरेको बताइएको छ।
जेनएक्सटी कम्पनीको भूमिका
यसअघि, जेनएक्सटी कम्पनीले मात्र आईफोन आयात गर्ने अनुमति पाएको थियो। तर अहिले उक्त एकाधिकारविरुद्ध डियरवाल्क ग्रुप प्रतिस्पर्धामा उत्रिन खोज्दा, प्राधिकरणबाट स्वीकृति नपाएको पाण्डेको आरोप छ।
नेपालमा अझै लाईसन्स राज
‘‘एप्पलले नेपालको कम्पनीसँग सिधा सम्झौता गर्दैन्। हामीलाई झुक्याउन खोज्यो प्राधिकरणले –पैसाको खेल।’, पाण्डेले पोष्टमा लेखेका छन्, ‘‘नेपालमा अझै लाईसन्स राज छ। धिक्कार। ओली सरकारको ध्यान घुसखोर प्राधिकरणतिर जाओस्।’