डोटीको बड्डीकेदार गाउँपालिका–४ टिमुटेमा गएराति पहिरोले पुरिएर एक दम्पती घाइते भएका छन्। लगातारको वर्षाले घरमाथि खसेको पहिरोमा ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय श्रीमती भागरथी जेठारा घाइते भएको डोटी प्रहरीले जनाएको छ।
भागरथीको अवस्था गम्भीर
डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले दम्पती सुतिरहेका बेला पहिरो खसेर घाइते भएको पुष्टि गरेका छन्। भागरथी जेठाराको अवस्था गम्भीर रहेको र दुबैलाई पहिरोबाट उद्दार गरिएको छ। पानी परिरहेका कारण स्वास्थ्य संस्था सम्म लैजान कठिनाइ भइरहेको डीएसपी भट्टराईले बताएका छन्।
पशुधनको क्षति
यस पहिरोमा दर्जनभन्दा बढी खसीबोका र चार गाईगोरु पनि मरेको प्रहरीले जानकारी दिएको छ।