स्विट्जरल्यान्ड – मिस स्विट्जरलैंड प्रतियोगिताकी पूर्व फाइनलिस्ट र मोडल क्रिस्टीना जोक्सिमोविचको हत्या पछि उनका श्रीमानको क्रूर कर्तुत बाहिर आएको छ।
घाँटी थिचेर हत्या, शवका टुक्रा
आरोपित श्रीमान थमसले ३८ वर्षीया क्रिस्टीनाको पहिला घाँटी थिचेर हत्या गरेको र पछि शवका टुक्रा–टुक्रा पारेको बताइएको छ। थमसले चक्कु र कैँचीको प्रयोग गरी शव टुक्रा पारेको र केही टुक्रा बेसल नजिकैको बिनिंगेन क्षेत्रमा फ्याँकेको प्रहरीले जनाएको छ। ती टुक्राहरू प्रहरीले फेला पारेपछि घटनाले सार्वजनिक चासो पाएको हो।
थमसको आत्मरक्षाको बहाना
थमसले प्रहरीलाई दिएको बयानमा आत्मरक्षामा हत्या गर्न बाध्य भएको बताएका छन्। उनका अनुसार क्रिस्टीनाले उनीमाथि चक्कुले आक्रमण गरेकी थिइन्, र उनले आत्मरक्षाको क्रममा घाँटी थिचेर हत्या गरेका थिए। तर, अदालतले यो तर्कलाई अस्वीकार गर्दै उनलाई कुनै राहत नदिने निर्णय गरेको छ।
शवका अंगहरूमा रासायनिक मिसावट
हत्या पछि, थमसले शवका केही अंगहरू फाल्नुका साथै केही अंगलाई भने ह्याण्ड ब्लेन्डरमा पिसेर रासायनिक पदार्थहरू मिसाएको खुलासा भएको छ।
क्रिस्टीनाको जीवन र करियर
सर्बियाई मूलकी क्रिस्टीनाले सन् २००३ मा मोडलिङको यात्रा सुरु गरेकी थिइन्। उनी पहिलो पटक मिस नर्थवेस्ट स्विट्जरलैंडको उपाधि जितेकी थिइन्। त्यसपछि, सन् २००८ मा आयोजित मिस स्विट्जरलैंड प्रतियोगितामा उनी फाइनलसम्म पुगेकी थिइन्।
यो घटना सार्वजनिक भएदेखि क्रिस्टीनाको परिवार र प्रशंसकहरू स्तब्ध बनेका छन्, र न्यायको माग गरिरहेका छन्।