काठमाडौं – भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालक सानु तामाङको शव फेला परेको छ। भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जिप भोटेकोशी नदीमा खसेको थियो।
सुनकोशी नदीमा शव फेला
सशस्त्र प्रहरीको टोलीले सोमबार तामाङको शव सिन्धुलीको फिक्कल गाउँपालिका-६ स्थित सुनकोशी नदीबाट फेला पारेको हो। शवलाई उनका आफन्तले पहिचान गरेका छन्।
पोष्टमार्टमका लागि अस्पतालमा
प्रहरीका अनुसार तामाङको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ।