पर्सा — सामाजिक सञ्जाल दुरुपयोगको आरोपमा पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवाका २१ वर्षीय ओमकुमार पटेललाई पक्राउ गरेको छ।
‘किङ अफ पर्सा’ नामक आइडीको दुरुपयोग
पटेलले फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, ह्वाट्सएप, म्यासेन्जर जस्ता सामाजिक सञ्जालमा ‘किङ अफ पर्सा’ नामक आइडी बनाई गालीगलौज, हातहतियार प्रदर्शन, र डरत्रास फैलाउनेजस्ता अराजक क्रियाकलापमा संलग्न रहेको आरोप लागेको छ।
पक्राउ र अनुसन्धान
प्रहरीले पटेललाई वीरगञ्ज–१५ प्रतिमाचोक नजिकबाट मंगलबार पक्राउ गरेको हो। पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीका अनुसार, सार्वजनिक शान्तिविरुद्धको कसूरमा उनीविरुद्ध थप अनुसन्धान भइरहेको छ। डीएसपी भारतीले यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको जानकारी दिएका छन्।