गुलशन झाको उत्कृष्ट अलराउण्ड प्रदर्शनका बावजुद नेपालले क्यानडामा जारी विश्वकप लिग–२ मा ओमनसँग १ विकेटले पराजय भोगेको छ। पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाली टोलीले दोश्रो खेलमा ओमनसँग पनि हार्न बाध्य भएको हो।
नेपालले प्रस्तुत गरेको २२१ रनको लक्ष्य
पहिले ब्याटिङ गर्दै नेपालले ओमनलाई २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको हो।
कप्तान रोहित र गुलशन झाको अर्धशतक
नेपालका कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको महत्वपूर्ण इनिङ खेले। तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित आक्रामक ५३ रन बनाए। गुलशनले ४६औं ओभरमा ओमनका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए।
रोहित र आरिफ शेखको साझेदारी
नेपालको स्थिति कमजोर रहेको समयमा १३.१ ओभरमा ३१–३ को अवस्थामा पुगेको थियो। त्यसपछि, चौथो विकेटका लागि रोहित पौडेल र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। आरिफ शेखले ८८ बलमा १ चौकासहित ३५ रन बनाए।
अन्य खेलाडीहरूको प्रदर्शन
नेपालका ओपनर अर्जुन साउदले ५ रन मात्र बनाए भने भीम सार्की र अनिल साह समान ११–११ रनमा आउट भए। सोमपाल कामीले ८ बलमा २ छक्कासहित २० रन बनाएका थिए भने सन्दीप लामिछाने १५ बलमा ११ रनमा नट आउट रहे।
ओमनले ९ विकेटमा लक्ष्य पुरा गर्यो
नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमनले ९ विकेट गुमाउँदै पूरा गरेको हो। ओमनका जतिन्दर सिंहले ४१ रन, कश्यप प्रजापतीले ३६, अकिब इलियासले २९ रन, र प्रतिक अथावले र सोयब खानले २६–२६ रन बनाएर ओमनलाई जित दिलाए।
नेपालका बलरहरूको प्रदर्शन
नेपालका गुलशन झा र करण केसीले समान २–२ विकेट लिएका थिए भने आरिफ शेख र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए।
ओमनका बलरहरूको प्रदर्शन
ओमनका कलिमुल्लाह, फयाज बट, र अकिब इलियासले २–२ विकेट लिएका थिए भने सकिल अहमद र शोएब खानले १–१ विकेट हात पारे।