चितवन - नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। दुर्घटना शनिबार राति करिब १:१५ बजे भएको थियो।
बागमती प्रदेश ०६-००२ प ३१४५ नम्बरको एनएस मोटरसाइकल शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गर्दा भरतपुर-२ लिलाचोक नजिकै अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।
मृतकहरूको पहिचान
दुर्घटनामा नवलपुरको गैंडाकोट-५ कांग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा र लमजुङको दुधपोखरी-६ बस्ने ४० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको छ।
उपचारका क्रममा मृत्यु
मोटरसाइकल चालक थापा र सवार गुरुङ दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुरमा भर्ना गरिए पनि, उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिएका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।