बेइजिङ - चीनकी एक महिला अधिकारी झोंग यांगलाई ५८ जना जुनियर स्टाफसँग यौन सम्बन्ध राखेको र ठूलो मात्रामा भ्रष्टाचार तथा घुस लिएको आरोपमा दोषी ठहर गर्दै १३ वर्षको जेल सजाय सुनाइएको छ। यसका साथै उनलाई करिब एक करोड रुपैयाँ बढी जरिवाना पनि गरिएको छ।
विवादास्पद घटनाहरूको पर्दाफास
डक्युमेंट्रीमा झोंगको विवादित कार्यहरूको खुलासाः गुइझोउ रेडियो र टेलिभिजनले यो वर्ष झोंग यांगसँग सम्बन्धित घटनाहरूमा आधारित एक डक्युमेंट्री सार्वजनिक गरेको थियो। उक्त डक्युमेंट्रीमा झोंग यांगले आफ्नो पदको दुरुपयोग गर्दै भ्रष्टाचारमा संलग्न भएको, ठूलो रकमको घुस लिएको र सरकारी ठेक्का दिने प्रक्रियामा अनियमितता गरेको खुलासा गरिएको छ।
भ्रष्टाचार र ठेक्का अनियमितता
सरकारी ठेक्कामा धाँधलीः रिपोर्टहरूका अनुसार, झोंग यांगले सरकारी ठेक्काहरू केही चुनिएका कम्पनीहरूलाई मात्र दिएको र केही निकट व्यापारीहरूको लागि विशेष अनुमति प्रदान गरेको पाइएको छ। उनले गुइझोउ प्रान्तमा औद्योगिक क्षेत्रको विकासका लागि ठेक्का दिने क्रममा पनि अनियमितता गरेको आरोप लागेको छ।
यौन सम्बन्धको खुलासा
५८ जुनियर स्टाफसँग यौन सम्बन्धः अनुसन्धानका क्रममा झोंग यांगले आफ्ना ५८ जना पुरुष जुनियर स्टाफसँग यौन सम्बन्ध राखेको खुलासा भएको छ। तीमध्ये केहीले व्यक्तिगत फाइदाका लागि यस्तो सम्बन्ध राखेका थिए भने अन्यले झोंगको डरका कारण त्यसो गरेका थिए। उनले ओभरटाइम काम गर्ने र व्यापारिक भ्रमणको बहानामा यी मानिसहरूसँग समय बिताउने गर्थिन्।
झोंगको बयान
पछुतो र लाज: उक्त डक्युमेंट्रीमा झोंगको बयान पनि समावेश गरिएको छ, जसमा उनले आफ्नो गलत कार्यहरूमा पछुतो रहेको र निकै लजास्पद महशुस भएको बताएकी छन्।
झोंग यांगलाई २२ वर्षको उमेरमा चीनको कम्युनिस्ट पार्टीसँग जोडिएको थियो र उनले गुइझोउ प्रान्तमा विभिन्न उच्च पदहरूमा काम गरेकी थिइन्। २०२३ को अप्रिलमा उनलाई पक्राउ गरिएको थियो र त्यसै वर्षको सेप्टेम्बरमा उनलाई पार्टीबाट निष्कासित गरिएको थियो।