काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग २०२४ नखेल्ने भएका छन्। यो लिग शुक्रबारदेखि राजस्थानको जोधपुरमा सुरु भएको छ। पारसलाई अक्सनमा गुजरातले १२ लाख ५ हजार भारतीय रुपैयाँमा किनेको थियो।
व्यक्तिगत कारणले लिग खेल्न असमर्थ
तर, पारसले व्यक्तिगत कारणले उक्त लिग खेल्न जान नपाउने भएका छन्। उनले अनलाइनखबरसँगको कुराकानीमा भने, "म लेजेन्ड्स लिग खेल्न जान भ्याउँदिन। अहिले क्यान र प्रदेशको वार्षिक साधारण सभा तथा नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्यस्त छु।"
गुजरातको टिममा चर्चित खेलाडीहरू
पारस आवद्ध गुजरात टिममा वेस्ट इन्डिजका क्रिस गेल, भारतीय शिखर धवन, मोहम्मद कैफ, श्रीशान्त, वेस्ट इन्डिजका लेन्डन सिमन्स र इंग्ल्यान्डका लियाम प्लेन्केट जस्ता चर्चित खेलाडीहरू छन्।
क्यानको वार्षिक साधरण सभा र एनपीएल अक्सन
क्यानको वार्षिक साधारण सभा असोज ११ र १२ गते पोखरामा हुँदैछ। जिल्ला र प्रदेशको साधारण सभा निरन्तर जारी छ। यसैबीच, नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन दशैंअघि गर्ने तयारी भइरहेको छ।