काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेला हुन आग्रह गरेको छ। रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरूलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आह्वान गरेका छन्।
पार्टीको आन्तरिक छलफल
रास्वपाका एक कार्यकर्ताले जानकारी दिए अनुसार, प्रदेश सभापतिको मेसेज पाएपछि कार्यकर्ताहरू पार्टी कार्यालय बनस्थलीमा भेला हुँदैछन्। यसबीच, रास्वपाका सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरू पार्टी कार्यालयमा उपस्थित भएका छन्।
सभापति लामिछानेको गिरफ्तारीको आशंका
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेको रास्वपा सभापति रवि लामिछानेको गिरफ्तारीको आशंका गर्दै पार्टीले आकस्मिक बैठक बोलाएको हो। यस प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ।
सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप
सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोपरास्वपाले आफ्ना कार्यकर्ताहरूलाई पठाएको म्यासेजमा सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ। तर, सहकारी ठगी प्रकरणमा आफ्ना सभापति लामिछाने मुछिएको विषयमा भने रास्वपाले आधिकारिक प्रतिक्रिया दिएको छैन।