काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा माहोल निकै तातेको छ। लामिछाने पार्टी कार्यालयभित्रै रहेका छन् भने पार्टीका नेता कार्यकर्ताहरु धमाधम कार्यालयमा भेला भइरहेका छन्।
प्रहरीको तयारी र उपस्थिति
स्रोतका अनुसार, लामिछानेलाई आजै पक्राउ गर्ने सन्देश प्रहरीले पठाएको थियो। अहिले केही सादा पोशाकका र केही बर्दीका प्रहरीहरु रास्वपा कार्यालय बाहिर जम्मा भएका छन्। भित्र सञ्चारकर्मी तथा पार्टी कार्यकर्ताहरुको भीड लागेको छ।
छविलाल जोशीको पक्राउ
प्रहरीले आजै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई पनि पक्राउ गरेको छ।