काठमाडौं - टोखाको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको छ।
घटनाको विवरण
टोखा नगरपालिका–६, टोखा बजार नजिकै रहेको गहना पोखरीमा आइतबार दिउँसो बालिका डुबेर गम्भीर घाइते भएकी थिइन्। बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ की बालिका गुराँस सहनी आफ्नी आमा दुर्गा सहनीसँग टोखा–८, जल्पा चोकमा बस्दै आएकी थिइन्।
मृत्युको पुष्टि
घटनापछि गम्भीर अवस्थामा रहेको बालिकालाई उद्धार गरिए पनि उनको आइतबार राति नै मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।