भारत – चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान टेकअफ गर्ने क्रममा इन्जिनबाट अचानक धुँवा निस्कन थालेपछि हंगामा मच्चिएको छ। यस घटनाले विमानमा चढ्न तयार भएका यात्रुहरूमा त्रास फैलाएको थियो। विमानका क्रू सदस्य र विमानस्थललका स्टाफ पनि त्रसित थिए।
दुबईको लागि उडान भर्न तयार रहेको अमीरात एयरलाइन्सको बोइंग विमानमा लगभग ३ सय यात्रु चढ्नका लागि तयार थिए। टेकअफ हुनुअघि मात्र इन्जिनमा प्राविधिक समस्या देखिएपछि यो दुर्घटना हुनबाट टरेको हो।
फायर ब्रिगेड घटनास्थलमा
विमानस्थल व्यवस्थापनले तुरुन्तै फायर ब्रिगेडलाई घटनास्थलमा पठाएको थियो, जसले इन्जिनमा लागेको आगो निभाएको थियो। प्राविधिक टोलीले चेक गरेर समस्या समाधान गरेपछि फ्लाइट आधा घण्टा ढिलो उडान भरेको थियो। यद्यपि विमानस्थल व्यवस्थापनले प्राविधिक समस्याबारे भने कुनै जानकारी दिएको छैन, तर समयमै समस्या समाधान भएकोमा सन्तोष व्यक्त गरेको छ।
प्रारम्भिक जाँच र कारण
यो घटना राती करिब साढ़े ९ बजे भएको थियो। प्राविधिक टोलीको प्रारम्भिक जाँचमा भनिएको छ कि इन्जिनमा अधिक इन्धन हाल्नाले धुँवा निस्किएको हो। ओभरफिलिंगका कारण इन्जिनमा हल्का आगोको झिल्का आएको थियो। जसले गर्दा धुँवा उत्पन्न भएको थियो।
घटनाको गहन जाँचको आदेश
घटनाको गहन जाँचको आदेश दिइएको छ। रिफ्यूल गर्दा इन्जिनमा बढी तेल भरिएको कारणले गर्दा इन्जिन तातेको र जल्न थालेको बताइएको छ। यात्रुहरूले इन्जिनबाट काला धुँवा निस्किएपछि क्रूलाई जानकारी दिएका थिए। घटनाक्रमको सूचना एयरलाइन्सका अधिकारीलाई पनि दिइएको छ। फ्लाइटलाई टेकअफको अनुमति पूर्ण रूपमा सन्तुष्ट भएपछि मात्र दिइएको थियो।