काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगका लागि टर्कीकी चर्चित अन्तर्राष्ट्रिय खेलाडी पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। बायाँहाते हिटर एरोक्टे टर्किस भलिबलमा उनको शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका कारण प्रख्यात छिन्।
अन्तर्राष्ट्रिय अनुभव
पेलिन एरोक्टेसँग युरोपियन यू-१६, यू-१७ युरोपियन च्याम्पियनसिप र यू-१९ विश्व च्याम्पियनसिपमा टर्कीको राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेको अनुभव छ। सन् २०२२ मा उनले युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन्। उनी टर्कीको काडिनलर भलिबल लिगमा पनि उत्कृष्ट खेलाडीका रूपमा रहेकी छिन्।
विशेष उपलब्धिहरू
उनले बिभिए यू-१६ मा मोस्ट भ्यालुएबल खेलाडी र यू-१७ मा उत्कृष्ट सर्भरको उपाधि जितेकी छिन्। साथै, यू-१७ युरोपियन च्याम्पियनसिपमा उत्कृष्ट अपोजिट उपाधि पनि जितेकी छिन्। यो अनुभवले उनलाई उच्चस्तरीय खेलाडीका रूपमा स्थापित गरेको छ।
काडमाडौं स्पाइकर्सको खुशी
स्पाइकर्सका सिओओ सुदीक्षा अधिकारीले एरोक्टेको आगमनले टोलीलाई थप बलियो र सन्तुलित बनाएको बताइन्। एरोक्टेले पनि काठमाडौं टिममा सामेल हुन पाउँदा उत्साहित रहेको बताउँदै आफ्नो अनुभवले टोलीलाई उच्चस्तरीय प्रतिस्पर्धाका लागि सहयोग गर्ने बताइन्।
१९० सेन्टिमिटर अग्ली खेलाडी
एरोक्टे १९० सेन्टिमिटर अग्ली छिन्, र उनको आगमनले काठमाडौं स्पाइकर्सलाई लिगमा बलियो प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।