काठमाडौं – आजदेखि नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। यो सम्मेलनले संगठनको नयाँ नेतृत्व चयन गर्ने तयारीमा छ। यस पटक करिब डेढ दर्जन विद्यार्थी नेता नेतृत्वको दौडमा छन्। सम्मेलनबाट अध्यक्ष बन्नका लागि १७ जना उपाध्यक्ष र १ महासचिवसहित १८ जना प्रतिस्पर्धामा छन्।
अध्यक्ष पदका लागि १८ प्रतिस्पर्धी
अध्यक्षको दौडमा संगठनका उपाध्यक्ष जिपी मैनाली, इन्द्र भुसाल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, मदन भुल, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरजंश शाही, केशव रावल र महासचिव दीपेश पुन छन्।
संगठनका उपाध्यक्ष राजकुमार लिम्बु र कल्पना मियाँ भने पारिवारिक र राजनीतिक कारणले प्रतिस्पर्धामा छैनन्।
प्रमुख उम्मेदवारहरू
इन्द्र भुसाल
इन्द्र भुसाल दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारीमा रहेका छन्। उनी हिमाल शर्मा नेतृत्वको १८ औं सम्मेलनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका थिए। भुसालले सहमतिको सम्भावना नरहेको बताउँदै निर्वाचन प्रक्रियामा जाने पक्षमा छन्।
क्षितिज सापकोटा
उपाध्यक्ष क्षितिज सापकोटालाई पनि अध्यक्ष पदका लागि सशक्त उम्मेदवार मानिएको छ। संगठनमा लामो समयदेखि काम गरेको अनुभव र जुझारु स्वभावले उनको दावेदारी बलियो बनाएको छ।जनार्दन शर्माको बलियो साथ माओबादी केन्द्रका अध्यक्ष प्रचन्ड र महासचिब देब गुरुगं सचिव देबेन्द्र पौडेल पुर्व अध्यक्षहरु देवेन्द्र पौडेल देबेन्द्र पराजुलि लेखनाथ न्यौपाने पुर्ब अध्यक्ष र फ्याक्सन इन्चार्ज हिमाल शर्मा पनि गन्डकी प्रदेश कै भयकोले थप बल उनको कोटामा रहेको छ
महासचिव दीपेश पुन
महासचिव दीपेश पुनलाई अध्यक्ष पदका लागि बलियो उम्मेदवार मानिएको छ। उनी पनि पञ्चा सिंह नेतृत्वको कार्यसमितिमा उपाध्यक्षबाट महासचिवको भूमिकामा आएका थिए।
प्रविणा अधिकारी
महिला उम्मेदवारको रुपमा प्रविणा अधिकारी पनि अध्यक्ष पदको दौडमा छिन्। उनी गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व सम्हालिसकेकी छन्। अधिकारीले संगठनको नेतृत्वका लागि आफू सक्षम रहेको बताएकी छन्।
मदन भुल
मदन भुलले पिछडिएको क्षेत्र र उत्पीडित दलित समुदायबाट नेतृत्वमा पुगेर संगठनको नेतृत्व हाँक्न तयार रहेको दाबी गरेका छन्।निकै क्रियाशिल र आफ्नो समुहको पक्षमा डटेर प्रतिबाद गर्ने हुदा आफ्नो टिमको बलियो साथ उनलाइ रहेको क्रान्तिकारीका एक नेताले बताय ।
अन्य प्रमुख उम्मेदवार
पवन कार्की
उपाध्यक्ष पवन कार्कीले समानान्तर केन्द्रीय समिति चलाएर संगठनको नेतृत्वलाई चुनौती दिँदै आएका छन्। उनले सम्मेलनको उद्घाटन हुनुअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
अन्य प्रतिस्पर्धीहरू
उपाध्यक्ष नरेश रेग्मी, मिलन एमसी, लक्ष्मीप्रसाद जोशी, अमरजंग शाही, नारायण खनाल, मदन भट्टराई, गजेन्द्र देव, सूर्यनारायण साह र केशव रावल पनि अध्यक्षको दौडमा छन्।
पञ्चा सिंहको टिके प्रणाली हटाउने प्रयास
अध्यक्ष पञ्चा सिंहले लामो समयदेखि संगठनमा टिके प्रणाली रहेको बताउँदै त्यसलाई भत्काउन खोजेको बताएकी छन्। उनले भनेकी छन्, “संगठनको नेतृत्व म मात्र नभएर सिंगो संगठन नै निर्वाचन प्रक्रियाबाट चयन हुनुपर्छ भन्ने पक्षमा छ।” यस पटक पनि अध्यक्षसहित सम्पूर्ण पदाधिकारीको चयन निर्वाचन प्रक्रियाबाट गरिनेछ।
सम्मेलनको निर्वाचन प्रक्रिया
अखिल (क्रान्तिकारी)को यो २३ औं सम्मेलनले ३३ पदाधिकारीसहित २४३ केन्द्रीय समिति र तीन आयोगका पदाधिकारीहरू निर्वाचित गर्नेछ। यस पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट पदाधिकारी तथा सदस्य निर्वाचित गर्ने तयारी गरिएको छ।