राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबार आफ्नो केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठक बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, चःमतिमा आयोजना गरिनेछ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बैठकका प्रमुख एजेण्डाहरू समसामयिक राजनीतिक गतिविधिहरू र पार्टीको चीन भ्रमणसम्बन्धी छलफल हुने जानकारी दिएका छन्।
केन्द्रीय सदस्यहरूको रिपोर्टिङ
बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका गतिविधिहरूको रिपोर्टिङ गर्नेछन्। यसका साथै, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तहको उपनिर्वाचन, महाधिवेशन केन्द्रित गतिविधि र विविध विषयमा समेत छलफल हुने भएको छ।