काठमाडौं उपत्यकाका विभिन्न खोला तथा नदीहरूको जलसतह सतर्कता तह पार गरेको छ। बागमती नदीले खोकना र गौरीघाटमा, बल्खु खोलाले बलम्बुमा, र विष्णुमती नदीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
जलसतह बढ्दो क्रममा रहेकोले नदीको तटीय क्षेत्रमा बस्ने तथा यात्रा गर्नेहरूलाई आज रातिसम्मै उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
देशभर ५६ जिल्लामा रेड अलर्ट जारी
मौसम पूर्वानुमान महाशाखाले यसअघि नै आइतबारसम्म भीषण वर्षाको चेतावनी जारी गर्दै देशभरका ५६ जिल्लामा रेडअलर्ट जारी गरेको थियो।