क्यानडामा जारी टी–ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगिताको पहिलो खेलमा नेपालले १२४ रनको लक्ष्य पाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२३ रन मात्र बनाउन सक्यो।
सन्दिप र सोमपालको शानदार बलिङ
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ३–३ विकेट लिएर क्यानडालाई सस्तोमा समेट्न महत्वपूर्ण भूमिका खेले। अब नेपालले १२४ रनको लक्ष्यसहित जितको लागि प्रतिस्पर्धा गर्नेछ।