काठमाडौंमा बाढी, पहिरो, र डुबानको कारण हालसम्म १०२ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने ६४ जना अझै बेपत्ता छन्। विपद्मा परी ४५ जना घाइते भएका छन्। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
प्रभावित जिल्लाहरू
मानवीय क्षति भएका प्रमुख जिल्लाहरूमा ललितपुर, धादिङ, काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी, र नुवाकोट रहेका छन्।
खोजी र उद्धार कार्य
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, बाढी र पहिरो प्रभावित क्षेत्रहरूमा उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ३,०३९ जनाको सफल उद्धार गरिएको छ। उद्धार कार्यलाई तीव्र रूपमा अघि बढाउने प्रयास भइरहेकाे छ।