धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटिएको माइक्रोबस चितवनबाट काठमाडौं जाँदै गरेको पुष्टि भएको छ। सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त माइक्रोबस बा ३ ज १३४५ नम्बरको हायस रहेको पुष्टि भएको हो।
१० जनाको शव फेला
उक्त हायसबाट उद्धार टोलीले १० जनाको शव फेला पारेको छ। यससँगै आइतबार मात्रै झ्याप्ले खोलाबाट उद्धार गरिएको शवको संख्या १३ पुगेको छ।
बिहान गोरखाबाट आएको बसबाट ३ शव फेला
यसअघि बिहान झ्याप्ले खोलामा पुरिएको बसबाट ३ जनाको शव निकालिएको थियो। उक्त बस गोरखाबाट काठमाडौं गइरहेको अनुमान गरिएको छ।