धादिङको झ्याप्ले खोलामा गएको पहिरोमा पुरिएको विंगर जिपमा सवार १३ जनाको पहिचान खुलेको छ। उक्त विंगर बुटवलबाट काठमाडौं जाँदै गर्दा पहिरोमा पुरिएको थियो।
पहिरोले पुरिएको विंगरमा १४ यात्रु
शुक्रबार बिहान बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका थिए। पहिरोमा पुरिएको गाडी र यात्रु शनिबार साँझ मात्रै फेला परेका थिए।
चालकसहित १४ जनाको मृत्यु
उक्त घटनामा विंगर चालक रमेश लुइटेलसहित १४ जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।
मृतकको पहिचान
मृतकहरूको पहिचान खुल्न आइसकेको छ। तीमध्ये स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ निवासी र बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षीय दिपेश र दिपिका भट्टराई तथा उनीहरूकी आमा सिता भट्टराई छन्।
त्यस्तै, बुटवलको सेमलारका प्रकाश कुंवर, सिर्जना कुंवर, अनु मल्ल, गुल्मीको चारपालाका विरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी पनि मृतकमा समावेश छन्।
कपिलवस्तुको जितपुरका बोमबहादुर मगर र एक ठेगाना नखुलेकी भिमा कुमारी पनि मृतकमा परेका छन्।
शव शिक्षण अस्पतालमा पठाइयो
नागढुंगा प्रहरी प्रभागका अनुसार उनीहरूको शव शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको छ। हराइरहेका अन्य यात्रुहरूका आफन्तहरू पनि सम्पर्कमा रहेका छन्।
यात्रु विवरण अपूर्ण
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार ट्राफिक चोकबाट दुई समूहका ७ जनाले मात्रै टिकट काटेको र अन्य यात्रुको विवरण काउन्टरमा रेकर्ड गरिएको छैन।
गाडी पुरिएको ठाउँमा उद्धारकार्य जारी
पृथ्वी राजमार्गको नागढुंगा–नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोले उक्त गाडी पुरिएको थियो। प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव फेला पारेको छ।
उद्धारकार्य जारी
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र नेपाली सेनाको टोलीले पहिरोमा पुरिएका अन्य गाडीहरूमा पनि उद्धारकार्य जारी राखेको छ। शनिबार मात्रै थप शवहरू फेला परेका छन्।