इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँच पटकको विजेता चेन्नई सुपर किंग्स (सीएसके)ले चाहेको खण्डमा आफ्ना पूर्वकप्तान एमएस धोनीलाई अनक्याप्ड खेलाडीको रूपमा पुनः टिममा राख्न सक्ने भएको छ।
आईपीएलले पुरानो नियम पुनः लागु गर्यो
यो सम्भावना भएको कारण आईपीएलले २००८ मा सुरु गरेको नियम पुनः लागु गरेको हो, जसले अन्तर्राष्ट्रिय क्रिकेटबाट कम्तिमा पाँच वर्षअघि रिटायर भएका भारतीय खेलाडीहरूलाई अनक्याप्ड खेलाडीको रूपमा अक्सनमा जान अनुमति दिन्छ। यो नियम २०२१ मा हटाइएको थियो, तर अनक्याप्ड खेलाडीहरूबारे व्यापक छलफलपछि आईपीएलले यस नियमलाई पुनः लागू गर्ने निर्णय गरेको हो।
नयाँ नियम अनुसार धोनीलाई अनक्याप्ड खेलाडी बनाउन सकिन्छ
आईपीएलले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ, ‘‘कुनै पनि क्याप्ड भारतीय खेलाडीले, पाँच क्यालेन्डर वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा सुरुवाती ११ मा नखेलेको र बीसीसीआईसँग केन्द्रीय करार नगरेको खण्डमा, अनक्याप्ड खेलाडीको दर्जा प्राप्त गर्नेछ। यो नियम भारतीय खेलाडीहरूमा मात्र लागू हुनेछ।’’
२०२२ को मेगा अक्सनअघि, धोनीलाई सीएसकेले दोस्रो खेलाडीका रूपमा १२ करोड रुपैयाँमा रिटेन गरेको थियो। २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका धोनीले त्यसपछि केवल आईपीएलमै खेलिरहेका छन्।
धोनीलाई अनक्याप्ड खेलाडीका रूपमा राख्न ४ करोड मात्र खर्च
धोनीले जुलाईमा आफ्नो ४३ औं जन्मदिन मनाएका थिए र यदि सीएसकेले उनलाई अनक्याप्ड खेलाडीका रूपमा राख्न चाह्यो भने, मात्र ४ करोड रुपैयाँ खर्च गर्नुपर्नेछ। यसबारे निर्णय खेलाडी रिटेन गर्ने नियमहरू टुङ्गो लागेपछि मात्रै हुनेछ भन्ने हालै एक कार्यक्रममा धोनीले बताएका थिए।
धोनीको भविष्यको निर्णय अझै बाँकी
धोनीले घुँडाको शल्यक्रिया गरेपछि २०२३ को आईपीएलपछि सीएसकेको कप्तानी ऋतुराज गायकवाडलाई हस्तान्तरण गरेका थिए। २०२४ आईपीएलको लागि धोनीले सीमित भूमिका खेल्ने सम्भावना छ भने पछिल्ला केही सिजनमा धोनीको आईपीएलमा खेल्ने वा नखेल्ने विषयमा चर्चा हुँदै आएको छ।