मुम्बई — बलिउडका चर्चित अभिनेता गोविन्दालाई आज बिहान आफैंको रिभल्भरबाट गोली लागेको छ। उनलाई तात्त्कालै मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा भर्ना गरिएको छ। यो दुर्घटना उसबेला भएको हो जब उनी आफ्नो घरबाट बाहिर निस्कने तयारी गरिरहेका थिए। उनको खुट्टामा गोली लागेको छ र हाल आईसीयूमा राखिएको भए पनि उनको अवस्था खतरा मुक्त रहेको अस्पतालले जानकारी दिएको छ। गोविन्दाको स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि उनका फ्यानहरू चिन्तित भएका छन्।
कसरी भयो दुर्घटना?
मिडिया रिपोर्टका अनुसार यो दुर्घटना गोविन्दाको आफ्नै लाइसेन्स प्राप्त रिभल्भरको कारण भएको हो। एक्टर आफ्नो गन सफा गरिरहेका थिए र यसैक्रममा गल्तीले गोली चल्न पुग्यो। गोली सिधा उनको खुट्टामा लाग्यो, जसकारण उनी घाइते भए। डाक्टरहरूले तत्त्कालै अपरेशन गरी गोली निकालिसकेको जानकारी दिएका छन्।
घटनाको बिस्तार
गोविन्दाका म्यानेजर शशि सिन्हाले भने, “गोविन्दा बिहान आफ्नो यात्रा तयारीमा थिए, उनीसँगै आफ्नो लाइसेन्स प्राप्त रिभल्भर पनि राखेका थिए। सोही क्रममा, रिभल्भर अचानक उनको हातबाट खसेको थियो र गोली चल्न पुग्यो। गोली उनको खुट्टामा लागेको हो।”
फ्यानहरूको प्रतिक्रिया
गोविन्दाको खुट्टामा गोली लागेपछि उनको स्वास्थ्य अवस्थाबारे खबर बाहिरिएसँगै उनका फ्यानहरू निकै चिन्तित बनेका छन्। अस्पताल स्रोतका अनुसार उनको अवस्था स्थिर छ र निको हुने अपेक्षा गरिएको छ। उनका फ्यानहरू सामाजिक सञ्जालमा छिट्टै स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
परिवारको प्रतिक्रिया नआएकाले थप जानकारी प्रतीक्षामा
हालसम्म गोविन्दाको परिवारबाट औपचारिक बयान आइसकेको छैन। अस्पतालका डाक्टरहरूले भने गोविन्दाको उपचार सफल भएको बताएका छन्।