स्याङजाको आँधीखोला गाउँपालिकामा यात्रु बोकेको जीप दुर्घटनामा परेर ७ जना घाइते भएका छन्। सिरुवारीबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ५७५९ नम्बरको जीप आँधीखोला गाउँपालिका- २ बेझाङको भित्री सडकमा दुर्घटनाग्रस्त भएको हो।
घाइतेको उद्धार र उपचार
घटनामा घाइते भएका ७ जनालाई उद्धार गरेर सेतिदोभान स्वास्थ्य चौकी पुर्याइएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी डिएसपी हरीप्रसाद पौडेलले जानकारी दिए।
घाइते हुनेहरुको पहिचान
घाइते हुनेमा स्याङजाको आँधीखोला गाउँपालिका- ५ का आत्मराम सिग्देल (५०), कलावती घिमिरे (८४), सिर्जना चापागाँई (३२), अर्जुनचौपारी गाउँपालिका- ५ की शान्तिकुमारी सापकोटा (५८), शिव सिग्देल (६१), पोखरा महानगरपालिका- १७ की अमना नेपाली (१६), र पोखरा- ११ की सोफिया नेपाली (३) रहेका छन्। सोफियाकी आमा मनिषा नेपाली शकुल रहेकी छन्।
दुर्घटनाको कारण र चालकको नियन्त्रण
प्रहरीका अनुसार जीपको ब्रेक फेल भएपछि दुर्घटना भएको थियो। जीपका चालक अर्जुनचौपारी गाउँपालिका- ५ निवासी सागर विश्वकर्मा (२७) प्रहरीको नियन्त्रणमा छन्। जीपमा चालकसहित ९ जना सवार थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।