काठमाडौं — अघिल्लो साता आएको बाढीपहिरोका कारण हालसम्म २३९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार १८ जना अझै बेपत्ता छन् भने १७८ जना घाइते भएका छन्।
उद्धार र सहायता कार्य
बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७,१२० जनाको उद्धार गरिएको छ। प्रवक्ता तिवारीले अवरुद्ध राजमार्गको मर्मतसहित यातायात सञ्चालन गर्नका लागि अथक प्रयास भइरहेको जानकारी दिएका छन्।
काठमाडौं उपत्यकामा ठुलो क्षति
असोज १२ गते आएको बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रे, र बागमती क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। उद्धार कार्यसँगै प्रभावित क्षेत्रमा सहायता परिचालन भइरहेको छ।