पोखरा — पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रम पोखरा—३२ भमरा पार्टी प्यालेसमा आयोजना गरिएको थियो, जसको उद्घाटन वडा अध्यक्ष अक्कलबहादुुर कार्कीले गर्नुभयो।
वडा अध्यक्षको जोड: पारदर्शिता र आर्थिक अनुशासन
वडा अध्यक्ष कार्कीले सहकारीहरूमा पारदर्शिता र आर्थिक अनुशासनको महत्त्वलाई जोड दिँदै सहकारीको भूमिका र जिम्मेवारीबारे चर्चा गर्नुभयो।
अध्यक्ष किसान परियारको प्रतिवेदन
सहकारीका अध्यक्ष किसान परियारले सहकारीले आर्थिक अनुशासनलाई प्राथमिकता दिँदै सदस्यहरूको बचतलाई सुरक्षित राख्न निरन्तर कार्यरत रहेको बताउनुभयो। कार्यक्रममा सहकारीका सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
विशेष सहभागीहरू
पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीका सिद्धान्त र आदर्शलाई पालना गर्नुपर्नेमा जोड दिँदै सहकारीको समृद्धिमा सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सहभागीहरूमा सहकारीका पूर्व अध्यक्ष मेघराज पौडेल, रुपा सहकारीका अध्यक्ष गणेशबहादुुर खत्री, शेयर सदस्यहरू फुुलमाया राना र मोहनराज बराल, तथा राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका ऋण अधिकृत रोशन खतिवडा पनि रहेका थिए।
साधारणसभाको निर्णयहरू
साधारणसभामा नियमित बचतलाई आजीवन शेयर रहुन्जेल बचत गर्ने प्रस्ताव सर्वसम्मत पारित गरिएको छ। साथै, सदस्यहरूको सुविधाका लागि सहकारीले छिट्टै मोबाइल बैंकिङ सेवा विस्तार गर्ने निर्णय गरेको छ।
विशेष सम्मान
कार्यक्रमका अवसरमा कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको लेखा सुपरिवेक्षण समितिको सदस्यमा निर्वाचित भएका किसान परियारलाई बधाई दिइयो। साथै, असल कारोबारीका रूपमा रामप्रसाद तिवारी, ऋणतर्फ पविसरा पुन, कक्षा १२ उत्तीर्ण उत्कृष्ट छात्र/छात्रा करुण पौडेल र स्नेहा परियार, कर्मचारीतर्फ उत्कृष्ट व्यवस्थापक सुजाता सुवेदी, र ज्येष्ठ नागरिकतर्फ चन्द्रबहादुर सुवेदी क्षेत्रीलाई सम्मान गरियो।
वार्षिक प्रतिवेदन प्रस्तुत
सचिव शरणकुमार प्रधानले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदा कोषाध्यक्ष गीता थापाले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक मणिनाथ न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।