हङकङ – नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा विशेष सांगितिक कार्यक्रम 'दीप साँझ' हुने भएको छ। यस कार्यक्रमको आयोजना दीप समाज हङकङले गरेको हो।
प्रस्तुतिहरु
कार्यक्रममा चर्चित पोखरेली ब्याण्ड “ओपन सी” र नेपाली गायिका मेलिना राईले आफ्ना प्रस्तुतिहरु दिनेछन्। ब्याण्डबाट गायिका अजुदा थापा, गायक सन्तोष बस्याल, र गायिका प्रीया गुरुङले पनि प्रस्तुति राख्नेछन्।
ब्याण्डमा सहभागी हुने अन्य कलाकारहरुमा ड्रमसेटमा सुनिल थापा, तबलामा राजा मुखिया, लिड गितारमा अमित गुरुङ, किबोर्डमा महिपाल लामा र बेस गितारमा अनिल गुरुङ रहनेछन्।
कार्यक्रमको जानकारी
कार्यक्रम १९ अक्टुबर २०२४ मा हङकङको रिच गार्डन रेष्टुरेण्ट, जेडी मल (जोर्डन कोरियन रेष्टुरेण्ट बिल्डिङ) मा आयोजना हुनेछ। साँझ ७ः३० बजेबाट सुरु हुने कार्यक्रममा ओपन “सी” ब्याण्डले नेपाली नयाँ पुराना गीतहरु प्रस्तुत गर्नेछ। गायिका मेलिना राईले पनि आफ्ना चर्चित गीतहरु गाउनेछिन्।
संस्कृति संरक्षण र नेपाली समुदायलाई जोड्ने प्रयास
दीप समाज हङकङका अध्यक्ष गोकुल गुरुङका अनुसार यो कार्यक्रम नेपाली संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो, जसले हङकङमा रहेका नेपाली मनहरुलाई एकसाथ जोड्ने काम गर्नेछ।
दीप साँझको यो छैठौं संस्करण हो, जसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। कार्यक्रमलाई सफल बनाउन प्रचारप्रसार तीव्र पारिएको छ र अग्रिम टिकट बुकिङ समेत खुला गरिएको छ।
कार्यक्रमका लागि नेपालबाट कलाकारहरु ३० अक्टुबरमा हङकङ प्रस्थान गर्नेछन्। आयोजक पक्षले कार्यक्रम सफल हुनेमा विश्वस्त रहेको जानकारी दिएको छ।