काठमाडौं — नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ। मंगलबार गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो।
एसएसपी दास दिल्ली दूतावासमा
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीका अनुसार एसएसपी सन्जीव शर्मा दासलाई भारतको दिल्लीस्थित नेपाली दूतावासमा सरुवा गरिएको छ। दास यसअघि प्रदेश समन्वय विभागमा कार्यरत थिए।
एसएसपी चतुर्वेदी ट्राफिक कार्यालयमा
यसअघि दिल्ली दूतावासमा कार्यरत उमाप्रसाद चतुर्वेदीलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालय, रामशाह पथमा सरुवा गरिएको छ।
एसएसपी बस्नेत प्रदेश प्रहरी नेपालगञ्जमा
प्रहरी हेडक्वार्टरको कार्य विभागमा रहेका एसएसपी दीपक बस्नेतलाई प्रदेश प्रहरी कार्यालय नेपालगञ्ज पठाइएको छ।