काठमाडौं— मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्यमा एक हजार रूपैयाँले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १,५९,१०० रूपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार प्रतितोला १,६०,१०० रूपैयाँ रहेको थियो।
चाँदीको मूल्य पनि घट्यो
सुनसँगै बुधबार चाँदीको मूल्यमा पनि कमी आएको छ। मंगलबार प्रतितोला १,९४० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १,९०० रूपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको स्थिति
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔंस २,६१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।