बझाङ— खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ स्थित नेपाल टेलिकम (एनटीसी) को टावरमा अज्ञात समूहले क्षति पुर्याएपछि करिब एक हप्तादेखि सञ्चार सेवा प्रभावित भएको छ।
टावरमा भएको क्षति
खत्रीवाडा माझीगाउँमा रहेको टेलिकमको टावरमा असोज २३ गते अज्ञात समूहले ब्याट्री, तार, सोलार प्यानललगायतका विद्युतीय उपकरणमा क्षति पुर्याएको हो। यस तोडफोडपछि खप्तडछान्ना गाउँपालिकासहित आसपासका क्षेत्रका बासिन्दा मोबाइल, टेलिफोन, र इन्टरनेट सेवाबाट बन्चित भएका छन्।
अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्सपेक्टर लोकेन्द्र सिंह ठगुन्नाले टावरमा क्षति पुर्याउने समूहको पहिचान हुन नसकेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।