मलेसियाको सरकारले सन् २०२५ को बजेटमा कामदारहरूको न्यूनतम तलबमा वृद्धि गर्ने घोषणा गरेको छ। नयाँ व्यवस्था अनुसार, तलब प्रतिमहिना १५०० मलेसियन रिङ्गेटबाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्याइनेछ।
नयाँ तलबको कार्यान्वयन मिति
प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले घोषणा गरेको यो नयाँ तलब व्यवस्था १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ। पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि भने यो नियम १ अगस्ट २०२५ देखि लागू हुने बताइएको छ।
तलब निर्देशिकाको तयारी
नयाँ तलब कार्यान्वयन हुनु अगाडि मलेसियाको मानव संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गर्नेछ। यस कारणले नयाँ तलब प्रणालीमा केही ढिलाइ हुने अपेक्षा गरिएको छ।
तलब वृद्धिको कारण
प्रधानमन्त्रीले जनताको आम्दानीमा सुधार गर्ने सरकारको प्राथमिकता रहेको र जनताले पर्याप्त तलब पाए मात्र आर्थिक पुनर्संरचना सफल हुने बताएका छन्।