पोखराको मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकहरूले प्रदर्शन गरेका छन्। पार्टी सभापति रवि लामिछानेको सहकारी ठगी आरोपमा पक्राउ पछि उनीहरूले नाराबाजीसहित विरोध जनाएका हुन्।
राजनीतिक प्रतिशोधको आरोप
प्रदर्शनकारीहरूले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको आरोप लगाएका छन्। सहकारी घोटालामा नेता कार्यकर्तालाई जोगाउन सरकारले रविलाई नियन्त्रणमा लिएको उनीहरूको भनाइ छ।
धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि आरोप
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले धनराज गुरुङ र ऋषिकेश पोखरेललाई जोगाउन सरकार लागिपरेको आरोप लगाए। उनीहरू दुवैको फोटोसहित प्रदर्शनमा सहभागिता जनाइएको थियो।
लामिछानेको स्वास्थ्य जाँच र हिरासत
शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा पुर्याइएको थियो। उनलाई स्वास्थ्य परीक्षण गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। शनिबार सार्वजनिक बिदा भएकोले उनलाई आइतबार अदालतमा उपस्थित गराइनेछ।