अष्ट्रेलीयाको सिड्नीमा आरके खकुरेल परिवारले पहिलो सन्तानका रूपमा जुम्लाहा सन्तान न्वारान जुम्ल्याहा पुरोहितबाट नै सम्पन्न गरेका छन्। नेपालको चितवन मुल घर भएका खकुरेलले यो विशेष अवसरमा परम्परागत न्वारान कार्यक्रम सम्पन्न गरेका हुन।
जुम्लिया गुरुहरूको विशेष उपस्थिति
न्वारान समारोहमा विशेष रूपमा जुम्लाहा गुरुहरूलाई निमन्त्रणा गरिएको थियो। जुम्लाहा सन्तानको न्वारान गर्ने क्रममा गुरु प्रविन गैरे र ज्योतिष पण्डित प्रकाश गैरेले विधिपूर्वक पूजा आरम्भ गरेका थिए।
उल्लेखनीय कुरा यो छ कि खकुरेलले टिकटक मार्फत दुवै गुरुहरू जुम्लाहा भएको जानकारी पाएका थिए र उनीहरूलाई निमन्त्रणा गरेको जानकारी प्राप्त भएको छ।
प्रख्यात गुरुहरू प्रविन गैरे र प्रकाश गैरेको सहभागिता
समारोहमा सहभागी भएका गुरुहरू प्रविन गैरे क्यानडा, टोरोन्टोमा प्रख्यात ज्योतिषाचार्य हुन्। यसैगरी, उनका दाजु ज्योतिष पण्डित प्रकाश गैरे अस्ट्रेलियामा आफ्नो विधामा ख्याति प्राप्त गरिसकेका छन्। उनीहरूको संयुक्त उपस्थिति न्वारान समारोहलाई अझ विशेष बनायो।