काठमाडौं - जापानमा नेपालीहरूको संख्या सन् २०२४ मा २ लाख ६ हजार पुगेको छ। जापानको न्याय मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, पछिल्लो एक वर्षमा ३० हजार नेपालीको संख्या थपिएको हो।
चार वर्षमा दोब्बर वृद्धि
पछिल्ला चार वर्षमा जापानमा नेपालीहरूको संख्या उल्लेख्य रूपमा दोब्बर भएको छ। सन् २०२१ मा ९७ हजार १०९ जना नेपाली रहेकोमा, सन् २०२२ मा १ लाख ३९ हजार ३९३ पुगेको थियो। सन् २०२३ मा यो संख्या १ लाख ७६ हजार ३३६ पुगेको थियो, र सन् २०२४ मा २ लाख ६ हजार ८९८ पुगेको छ।
शिक्षा र रोजगारीको मुख्य कारण
नेपालीहरू जापानमा मुख्यतया भाषा अध्ययन, उच्च शिक्षा, र रोजगारीका लागि जाने गरेका छन्। उत्पादन, नर्सिङ केयर, कृषि, र सेवा क्षेत्रहरूमा नेपालीहरूको उपस्थिति व्यापक देखिएको छ।