पोखराको सहिदचोक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको छ। कास्की जिल्ला अदालत र सहिदचोक वरपरको क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषित गरेको थियो, तर रास्वपाका कार्यकर्ताले त्यही क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
प्रहरी र रास्वपा कार्यकर्ताबीच धकेलाधकेल
प्रदर्शन रोक्न खोज्दा रास्वपा कार्यकर्ताहरू र प्रहरीबीच धकेलाधकेल भएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्दा प्रहरीले हटाउन प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको छ। रास्वपाका कार्यकर्ताले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीको विरोध गर्दै नाराबाजी गरिरहेका छन्।
ठूलो संख्यामा प्रहरी परिचालन
निषेधित क्षेत्रबाट रास्वपाका कार्यकर्तालाई हटाउन कास्की प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। प्रहरी र कार्यकर्ताबीचको विवादका कारण स्थिति अझै तनावपूर्ण रहेको छ, र प्रदर्शन जारी रहेको जानकारी प्राप्त भएको छ।