सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ।
काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइयो
लामिछानेलाई शुक्रबार पार्टी कार्यालयबाटै पक्राउ गरेर राति नै पोखरा ल्याइएको थियो। स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखिएको थियो।
लामिछाने समर्थकको प्रदर्शन
अदालत बाहिर लामिछाने समर्थक र सहकारी पीडित दुवै पक्षले छुट्टाछुट्टै भेला गरेका छन्। समर्थकले निषेधाज्ञा तोडेर प्रदर्शन गर्दा प्रहरीसँग धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो।
लामिछानेको पक्षमा ७ वकिलको बहस
लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताद्वय सुशील पन्त र नारायण घिमिरेसहित सात वकिलले अदालतमा बहस गर्ने भएका छन्।