राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा पोखरामा आज व्यापक प्रदर्शन गरिएको छ। लामिछानेका समर्थकहरूले उनको गिरफ्तारीको विरोध गर्दै सडकमा उत्रिएका थिए। प्रदर्शनमा सहभागीहरूले न्याय र स्वच्छ राजनीति स्थापित गर्न लामिछानेको पक्षमा नारा लगाउँदै सरकारविरुद्ध असन्तुष्टि प्रकट गरे।
प्रदर्शनकारीहरूले लामिछानेको रिहाइको माग गर्दै मुख्य चौकहरूमा शान्तिपूर्ण र्याली निकालेका थिए। लामिछानेलाई भ्रष्टाचारविरुद्धको अभियानमा अग्रसर व्यक्तित्वको रूपमा समर्थन गर्ने प्रदर्शनकारीहरूले उनको गिरफ्तारीलाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्।
तस्विरहरु