जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा देशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सफा रहेको जनाइएको छ।
दिउँसोको मौसम
आज दिउँसो, कोशी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।
रातिको मौसम
आज राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सफा रहने विभागले जानकारी दिएको छ।
सतर्कता अपाउन विभागको आग्रह
आगामी २४ घण्टामा सम्भावित हल्का वर्षाको कारणले गर्दा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायात क्षेत्रमा आंशिक असर पर्न सक्ने भएकाले, ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।