वीरगञ्ज । भंसार राजस्व छली गरी भण्डारण गरिएको हजारौ मूलय बराबरको कपडा सशस्त्र प्रहरीले छापामारी गरि बरामद गरेको छ ।
शसस्त्र प्रहरीले भंसार राजस्व छली गरि भण्डारण गरिएको ८ लाख मूल्य बराबरको कपडा एउटा गोदाममा छापामारी गरि बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ कुम्हाल टोलस्थित एक घरमा सशस्त्र प्रहरीले बुधबार छापा मारेर ८ लाख २८ हजार रुपैयाँ मूल्यको कपडा बरामद गरेको हो ।
सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार कार्यालयबाट खटिएको टोलीले राजश्व छलेर भारतबाट ल्याएर घरमा गोदाम बनाई राखिएको कपडा बरामद गरेको हो ।
बरामद कपडा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले बताए ।