काठमाडौं । फोर नेसन्स कप च्याम्पियनसिप फुटबलमा लेबनानले सान्त्वना जित निकालेको छ ।
दशरथ रंगशालामा भएको आफ्नो अन्तिम खेलमा लेबनानले किर्गिस्तानमाथि २-० गोलको जित निकालेको हो । लेबनानका लागि क्रिस्टी मालोफ र म्या रोज कलिलले गोल गरे ।
प्रतियोगितामा लेबनानको पहिलो जित हो । यसअघि भएका दुवै खेलमा लेबनान पराजित भएको थियो । किर्गिस्तान भने जितबिहिन रहँदै घर फर्किएको छ ।
अंक तालिकामा लेबनान तेस्रो स्थानमा रह्यो भने किर्गिस्तान अन्तिम स्थानमा सीमित भयो । आजको दोस्रो खेलमा नेपालले म्यानमारको सामना गर्नेछ । उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।