काठमाडौँ । पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरपालिकासँग गरिएको सम्झौता उच्च अदालत पाटनले खारेज गरेसंगै अब मारबाडी सेवा समितिले धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको छ ।
बुधबार न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले उक्त धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश दिएको हो।


पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच २०६० जेठ १२ गते धर्मशाला सञ्चालन गर्न सम्झौता भएको थियो। तर, कोषले २०८० साउन १७ गते एकतर्फी रूपमा सम्झौता भंग गर्दै धर्मशाला सञ्चालनको जिम्मा गत असोज २२ मा काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो।