के तपाईं पनि जंकफुड, जस्तै बर्गर, पिज्जा, फ्रेन्च फ्राइज खाएर आफ्नो भोक मेटाइरहनु भएको छरु यदि हो भने, सचेत हुनुहोस्।
किनकि हालै गरिएको एक अध्ययनले यो देखाएको छ कि यस्ता खानेकुराले मस्तिष्कको कार्यक्षमता र व्यवहारमा गम्भीर असर पुर्याउँछ। यसबाट मस्तिष्क प्रभावित हुन सक्छ। जंकफुडको बारेमा पहिले नै सचेत गराइएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा सबैभन्दा धेरै मृत्यु हृदय रोगका कारण हुन्छ। जसको एक कारण जंकफुड पनि हो। अमेरिकी अल्जाइमर एसोसिएशनको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको एक अनुसन्धानमा यसो भनिएको छ कि बढी अल्ट्रा प्रोसेस्ड फुड, अर्थात् जंकफुड खाने व्यक्तिहरूमा गम्भीर डिमेन्सिया हुने खतरा हुन्छ। यो एक यस्तो रोग हो, जसमा स्मरण क्षमता, भाषा, निर्णय क्षमता र सोच्ने शक्ति घट्न थाल्छ। जंकफुडले मस्तिष्कमा के-के असर पार्न सक्छ भन्ने कुरा हेरौं स्
जंकफुड खानेले मस्तिष्कमा के असर पार्न सक्छ ?
स्मृति र निर्णय क्षमता बिग्रन सक्छ-जंकफुड हाम्रो मुटुको लागि खतरनाक छ। यसले मस्तिष्कमा पनि त्यत्तिकै असर पुर्याउँछ। यसमा पाइने ट्रान्सफ्याट र चिनीले मस्तिष्कको स्मृति र निर्णय क्षमता धेरै प्रभावित गर्न सक्छ। लामो समयसम्म यसको सेवनले डिमेन्सिया जस्तो गम्भीर रोगको कारण बन्न सक्छ।
मस्तिष्कको संरचना बिग्रन सक्छ- उच्च क्यालोरी जंकफूडले मस्तिष्कको संरचनामा नकरात्मक असर पुर्याउँछन्। यसमा रहेका उच्च चिल्लो र चिनीले मस्तिष्कको हिप्पोक्याम्पस क्षेत्रलाई प्रभावित गर्छ, जुन भाग स्मरण शक्ति र सिकाइका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। बढी जंकफुडको सेवनले हिप्पोक्याम्पसका न्यूरोनलाई हानि पुर्याउन सक्छ।
न्यूरोट्रान्समिटरको असन्तुलन हुनसक्छ - जंकफुड खानेले मस्तिष्कमा न्यूरोट्रान्समिटरको असन्तुलन हुन सक्छ। यी केमिकलहरूले मस्तिष्कका विभिन्न भागमा सन्देश पठाउने काम गर्दछन्।
उच्च क्यालोरी जंकफुडले डोपामाइनको स्तर बढाउँछ, जुन मानवीय मूडसँग जडित छ। डोपामाइनले कुनै कुराप्रति लत लाग्न सक्छ र यसले जंकफुड बढी खाने इच्छा बढाउन सक्छ।
मानसिक स्वास्थ्यमा असर पुर्याउन सक्छ-उच्च क्यालोरी जंकफुड खानले मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यसले आवश्यक पोषक तत्वहरूको कमी गर्न सक्छ। जसका कारण डिप्रेसन, तनाव र चिन्ता बढी हुन सक्छ। ट्रान्सफ्याट र चिनीको अधिक मात्राले मस्तिष्कमा असर गर्छ।
व्यवहार परिवर्तन हुनसक्छ-उच्च क्यालोरी जंकफुड खानले व्यवहारमा परिवर्तन ल्याउन सक्छ। यसले चिडचिडापन, आलस्य र जीवनबाट थकान जस्ता समस्या उत्पन्न गर्न सक्छ।
जंकफुडले क्रोधी र आक्रामक बनाउन सक्छ। यसमा रहेका केमिकलले मस्तिष्कको ती भागमा असर पुर्याउँछन्, जुन भावनाहरू र व्यवहारलाई नियन्त्रण गर्छ।