काठमाडौँ । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का (ल्यान्डिङ गियर) फुस्किएको छ । बिहीबार बेलुकी काठमाडौंका लागि उडेको जहाजको चक्का काठमाडौं अवतरण गरिसकेपछि ल्यान्डिङ गियर नरहेको खुलेको हो ।
यो जहाजमा ६२ यात्रु सवार रहेको जनाएको छ । जनकपुरबाट पौने ५ बजेट काठमाडौंका लागि उडेको बुद्ध एयरको (९एन एएनएच) जहाजको चक्का फुस्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ ।