काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा बिहीबार ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रमण कुमार श्रेष्ठ, राजु कैती, विजय प्रसाद मिश्र, उज्ज्वल घिमिरे र आषिश पौडेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी उपाध्यक्ष कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ३ जना, सुदूरपश्चिम प्रदेशमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै उपाध्यक्ष महिलामा पनि २ जनाले उम्मेदवारी दर्ता गराउँदा महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी पर्दा सदस्य पदमा पनि आवश्यक सिट भन्दा बढी उम्मेदवारी परेको छ । निर्वाचन समितिले मनोनयनको पहिलो सूची सार्वजनिक गरेको छ भने आवश्यक प्रक्रिया पूरा भएपछि नेतृत्वसहितको नयाँ कार्यसमिति चयनका लागि मतदान चैत २३ मा हुनेछ ।