काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले आज (शनिवार) १७ औँ वार्षिक पिकनिकको कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आज फरट्यून रिसोर्ट साँगा भक्तपुरमा सो कार्यक्रमको आयोजना गर्न लागेको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार सो पिकनिक कार्यक्रममा नेपाली कमेडियन मनोज गजुरेल र गायक धिरज राईले विशेष प्रस्तुति दिन जनाएको छ । कार्यक्रम बिहान ९ बजेबाट सुरु हुने इक्यानले जनाएको छ ।