कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका– ३ का वडाध्यक्ष सीताराम रिजालको निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति निधन भएको हो ।
नगरपालिकाका अनुसार आज बिहान १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिने भएको छ । दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले बताएका छन् ।२०७९ सालको स्थानीय तह निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
उनको निधनपछि आज नगरपालिका तथा वडाहरुको आयोजनामा हुन गईरहेका सम्पूर्ण औपचारिक कार्यक्रम हरु स्थगित भएको नगरपालिकाले जनाएको छ ।