काठमाडौं । इजरायलले गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको छ ।हमासले मुक्त गर्न बाँकी ५९ बन्धकहरुको रिहाइका लागि दबाव दिन इजरायलले बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको हो ।
इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल इलेक्ट्रिसिटी कर्पोरेसनलाई गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्न आदेश दिइसकेको बताएका छन् । उनले भनेका छन्, ‘मैले गाजा क्षेत्रका बिजुली आपूर्ति तुरुन्तै बन्द गर्ने निर्णयमा हस्ताक्षर गरिसकेको छु । हामी आफ्नो हातमा रहेका सबै उपाय प्रयोग गर्नेछौं, ताकि बन्धकहरूको रिहाइ होस् र गाजाबाट हमासको अन्त्य सुनिश्चित गर्न सकियोस् ।’
इजरायलले पानीको आपूर्ति पनि बन्द गर्ने विषयमा समेत विचार गरिरहेको बीबीसीले जनाएको छ ।गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य आवश्यक वस्तुहरू बोकेका गाडीहरूको सडक बन्द गरिदिएको थियो ।