धनगढी । नेपााली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजतन्त्र स्थापनाको कुरा हल्ला मात्र भएको बताएका छन् । सोमबार कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्न धनगढी पुगेका देउवाले सो कुरा बताएका हुन् ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुले काठमाडौंमा राजसंस्था पक्षधरहरुले निकालेको र्यालीको विषयमा राखेको जिज्ञासाबारे सभापति देउवाले राजतन्त्रको पक्षमा महोल सिर्जना हुँदैछ भन्ने हल्लामात्र भएको बताए । यस्तै उनले नेपालको आन्तरिक राजनितिमा कुनै बाह्य हस्तक्षेप नभएको समेत स्पस्ट पारे ।